एमाले सांसद नेम्वाङको मेडिसिटीमा उपचार हुँदै
ताप्लेजुङ | माघ १८, २०८०
ताप्लेजुङ: एमाले सांसद तथा पूर्वमन्त्री वसन्तकुमार नेम्वाङलाई ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको छ । अकस्मात् बिरामी परेपछि ताप्लेजुङबाट हेलिकोप्टरमार्फत काठमाडौं पुर्याई उनलाई थप उपचारका लागि बुधबार साँझ मेडिसिटी अस्पताल भर्ना गरिएको हो । उनलाई सघन उपचार कक्षमा राखेर थप उपचार प्रक्रिया अगाडि बढाइएको पारिवारिक स्रोतले बताएको छ ।
एमाले ताप्लेजुङको बैठकमा सहभागी हुन आएका नेम्वाङसहितका नेताहरू पाथीभरा गेस्टहाउसमा भेला थिए । सोही वेला उठ्न लाग्दा नेम्वाङ बिरामी भएर ढलेका थिए । उच्च रक्तचापका कारण अचानक स्वास्थ्यमा समस्या आएपछि नेम्वाङलाई तमोर अस्पतालमा सामान्य परीक्षणपछि ताप्लेजुङ जिल्ला अस्पताल लगिएको थियो । तर, चिकित्सकहरूले थप उपचारका लागि काठमाडौं लैजान सुझाव दिएपछि अपराह्न साढे ४ बजेपछि हेलिकोप्टरबाट लगिएको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले बताए ।
जिल्ला अस्पताल ताप्लेजुङ पुर्याइएका नेम्वाङलाई प्रारम्भिक उपचारका क्रममा डा। महेश गोसाईंले अचानक बेहोस हुनु ‘स्टोक’ भएको बताए । यसको उपचारका लागि प्रविधि नभएकाले रेफर गरिएको अस्पतालका चिकित्सकले बताएका छन् । नेम्वाङका प्रेस सहयोगी सन्दीप राईका अनुसार उनको सिटी स्क्यान गरिए पनि विस्तृत स्वास्थ्य प्रतिवेदन आउन बाँकी छ । उच्च रक्तचापका कारण नेम्वाङको शरीरको दायाँ भागमा समस्या देखिएको प्रारम्भिक स्वास्थ्य परीक्षणबाट देखिएको छ । अस्पतालले भने उनको स्वास्थ्य प्रतिवेदन बाहिर ल्याइसकेको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

